खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु

मुम्बईबाट एउटा स्तब्ध पार्ने र डरलाग्दो खबर बाहिर आएको छ । खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु भएको छ ।
रिपोर्टका अनुसार परिवारका सदस्यले साँझ बिरयानी खाएका थिए । त्यसपछि घरमै भएको खरबुजा खाए । केही घण्टाभित्रै सबैले गम्भीर बान्ता गर्न थाले । पखाला पनि सुरु भयो । जब अवस्था बिग्रियो, उनीहरूलाई अस्पताल लगियो, तर कसैलाई पनि बचाउन सकिएन ।
