बुद्धशान्तिबाट माेटरसाईकल चोर पक्राउ ।
मेचीनगर–११ निवासी ३७ वर्षीय तुलसी राजवंशी मोटरसाइकल चोरी गरेर फरार हुने क्रममा पक्राउ परेका छन् ।
धुलाबारीमा एक अभिभावकले आफ्ना बच्चालाई बोर्डिङ स्कूलमा छोड्ने क्रममा मोटरसाइकलमा चाबी नै राखेका थिए । बच्चालाई विद्यालयको गेटसम्म पुर्याएर फर्कँदा मोटरसाइकल चोरी भएको थाहा पाएपछि खोजी सुरु गरिएको थियो ।
चोरी गरिएको मोटरसाइकल लिएर भागिरहेका राजवंशीलाई स्थानीय सूचना र प्रहरीको सक्रियतामा बुद्धशान्ति–७ स्थित बोर्डर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
बुधबारे प्रहरीका अनुसार पक्राउ परेका राजवंशीलाई थप अनुसन्धानका लागि धुलाबारी पठाउने तयारी भइरहेको छ ।
