मनिष दर्जीको शव स्वदेश फर्कँदै,
मेचीनगर ८, झापा।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मेचीनगरका ८ निवासी मनिष दर्जीको शव २१ दिनपछि स्वदेश फर्कने भएको छ।
प्राप्त जानकारीअनुसार शव आज राति करिब १० बजे काठमाडौं आइपुग्ने र भोलि बिहान गृह जिल्ला झापा पुर्याइने तयारी गरिएको छ।
कुवेतस्थित एक क्लिनिङ कम्पनीमा कार्यरत मनिषले आफ्नै क्याम्पमा आत्महत्या गरेको बताइएको छ।
कम्पनीले आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको जनाए पनि कुवेतस्थित नेपाली दूतावासको ढिलाइका कारण शव नेपाल ल्याउन समय लागेको परिवारको गुनासो छ। मनिषकी आमा अन्जु राई दर्जीले पटक–पटक सम्पर्क गर्दा पनि छिटो पहल नभएको बताउँदै पीडा व्यक्त गरेकी थिइन्।
