BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्ष समाचार

४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्ष

झापा — मेचीनगर–६ टोकला चिया बगानको सानो झुप्रो घरमा आज पनि एउटै मौनता छ। ३० वर्षीय विजेश सार्की एक वर्षदेखि जीवनकै सबैभन्दा कठिन लडाइँ लडिरहेका छन्—दुई वटा क्यान्सरसँग, एकैचोटि।

सुरुमा रोग यति निर्दोष जस्तो देखिएको थियो कि उनले खासै ध्यान दिएनन्। कानमुनिको प्यारोटिड ग्रन्थी सुन्नियो, तर दुखाइ थिएन। “सामान्य होला” भनेर उनले दिनहरू बिताए। तर सुन्निने क्रम रोकिएन। अन्ततः उनी अस्पताल पुगे।

झापाकै एक क्लिनिकमा परीक्षण गर्दा उनलाई एन्टिबायोटिक दिइयो। तर औषधिले कुनै असर गरेन। बरु अवस्था झन् जटिल हुँदै गयो। भिडियो एक्स–रे, सीबीसी र FNAC परीक्षणपछि आएको सन्देशले उनको जीवन एकैछिनमा हल्लाइदियो—“तुरुन्त डाक्टरलाई देखाउनू।” त्यस रिपोर्टमा क्यान्सरको आशंका थियो।

त्यो रात उनी सुत्न सकेनन्। मनमा डरभन्दा बढी अन्योल थियो—“साँच्चै क्यान्सर नै हो त?”

भोलिपल्ट बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल पुग्दा हेमाटोलोजिष्ट डा. ईश्वरमान सिंहले रिपोर्ट हेरेपछि भने, “आत्तिनु पर्दैन, अझै जाँच गरौँ।” तर बोनम्यारो परीक्षणपछि आएको खबरले उनको संसार नै बदलियो—रगतको क्यान्सर पुष्टि भयो।

महिनौँको उपचार, अस्पतालको बेड, तीन साइकल किमोथेरापीपछि केही आशा पलायो। रिपोर्टमा क्यान्सरको संक्रमण घटेर ०.१ प्रतिशतमा झरेको थियो। केही समय उनलाई लाग्यो—अब जीवन फर्किँदैछ।

तर जीवनले उनलाई फेरि अर्को परीक्षा दियो। अचानक दुवै आँखा राताम्ये हुन थाले, पोल्न थाले। परीक्षणहरू फेरि सुरु भए। आँखाको उपचारपछि पनि शंका बाँकी रह्यो। थप एमआरआई, थप बायोस्पी—अन्ततः भारतको गुजरातबाट आएको रिपोर्टले अर्को कठोर सत्य देखायो: “मायलोइड सार्कोमा।”

रगतको क्यान्सरसँग जुधेर जित्ने आशामा रहेका विजेशका लागि यो खबर दोस्रो चोट जस्तै भयो। “निको हुँदैछु भन्ने बेला फेरि अर्को रोग… मन नै भाँचियो,” उनी भन्छन्।

अहिले उनी एकैसाथ दुई रोगसँग लडिरहेका छन्—रगतको क्यान्सर र दुर्लभ मायलोइड सार्कोमा। अस्पतालका यात्रा, किमोथेरापीका पीडा, र अनिश्चित भविष्यबीच उनको दिनहरू बितिरहेका छन्।

एक वर्षमा दर्जनौँ पटक अस्पताल पुगेका उनले करिब ४० लाख रुपैयाँ खर्च गरिसकेका छन्। उपचारका लागि आफूसँग भएको थोरै सम्पत्ति, साथीहरूको सहयोग, चन्दा र ऋण—सबै सकियो। तर रोग अझै सकिएको छैन।

अब चिकित्सकहरूले बोनम्यारो प्रत्यारोपणको कुरा गरेका छन्, जसका लागि करोडभन्दा बढी खर्च लाग्न सक्छ। त्यो रकम उनको लागि केवल सपना जस्तै छ।

टोकला चिया बगानमा मजदुरी गर्ने बुबाआमा छोराको उपचारका लागि दिनरात संघर्ष गरिरहेका छन्। बुवा अझै पनि विषादी छर्कने काममा जान्छन्, आमा भने छोराको स्याहारमै घरमा बसिरहेकी छन्।

सानो झुप्रोभित्र आज पनि एउटै प्रार्थना गुञ्जिन्छ—छोराले फेरि जीवन पाओस्।

तर विजेशको मनमा अझै पनि हार छैन। पीडा, डर र अनिश्चितताबीच पनि उनी बिस्तारै भन्छन्—
“शरीरले धेरै चोट सह्यो… तर मनले अझै हार मानेको छैन।” Source: Ekantipur

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता समाचार
समाचार 18 May 2026

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा सुन तथा विदेशी…

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव ! समाचार
समाचार 2 May 2026

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव !

धुलाबारी । मेची उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारण सभा धुलाबारी टाउन हलमा सम्पन्न भएको छ । तर,…