BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव ! समाचार

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव !

धुलाबारी । मेची उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारण सभा धुलाबारी टाउन हलमा सम्पन्न भएको छ । तर, संघका सदस्यहरुको न्यून उपस्थितिले कार्यक्रमप्रति असन्तुष्टि र आन्तरिक समस्या झल्काएको छ । करिब २ हजार १ सय १० सदस्य रहेको संघको साधारण सभामा उद्घाटन सत्रमा कागजमा ५ सय २५ जनाको उपस्थिति देखाइए पनि वास्तविक रुपमा हलका अधिकांश कुर्सी खाली देखिनुले अवस्था लाजमर्दो बनेको सहभागीहरुले बताएका छन् ।

उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा भने झन् न्यून सहभागिता देखिएको थियो । करिब ५० जना सदस्य मात्र उपस्थित रहेको जानकारी प्राप्त भएको छ । यसले संघभित्रको आन्तरिक विवाद र असन्तुष्टि चुलिँदै गएको संकेत गरेको छ । संघका एक सदस्यका अनुसार पछिल्लो समय संघभित्र बढ्दै गएको किचलोले व्यवसायीहरु साधारण सभाप्रति उदासीन बनेका हुन् ।

विशेषगरी संघका एक वरिष्ठ कर्मचारीको अत्यधिक हस्तक्षेप र हालीमुहाली बढ्दै जाँदा व्यापारीहरु असन्तुष्ट बनेको आरोप लागिरहेको छ । निर्णय प्रक्रियामा पारदर्शिता र सहभागिताको अभाव महसुस भएपछि धेरै सदस्यहरुले कार्यक्रममा उपस्थिति जनाउन इच्छुक नदेखिएको स्रोतको भनाइ छ ।

साधारण सभा जस्तो महत्वपूर्ण कार्यक्रममा सदस्यहरुको यस्तो न्यून उपस्थिति हुनु संघको नेतृत्व र व्यवस्थापन माथि प्रश्न उठाउने विषय बनेको छ । व्यवसायीहरुले संघभित्रको विवाद समाधान गरी विश्वासको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग राजनीति
राजनीति 14 May 2026

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग

काठमाडौँ – सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको…

मेची उद्योग बाणिज्य संघको नेतृत्वमा खेमराज प्रसाईं विजयी, ४० मतले प्रतिद्वन्द्वी पराजित समाचार
समाचार 10 May 2026

मेची उद्योग बाणिज्य संघको नेतृत्वमा खेमराज प्रसाईं विजयी, ४० मतले प्रतिद्वन्द्वी पराजित

मेचीनगर, २७ वैशाख । मेची उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा खेमराज प्रसाईं अध्यक्ष पदमा…

सुकुमवासीको लगत संकलन : सेनाको कदममा स्थानीय तहको प्रश्न समाचार
समाचार 29 April 2026

सुकुमवासीको लगत संकलन : सेनाको कदममा स्थानीय तहको प्रश्न

१६ वैशाख, काठमाडौं । नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण माग गर्दै धमाधम पत्राचार गरिरहेको छ । १२ वैशाखमा…