मेची उद्योग बाणिज्य संघको नेतृत्वमा खेमराज प्रसाईं विजयी, ४० मतले प्रतिद्वन्द्वी पराजित
मेचीनगर, २७ वैशाख । मेची उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा खेमराज प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार प्रसाईंले ७७३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी किशोर (कपिल) क्षेत्रीले ७३३ मत प्राप्त गरेका थिए । दुवैबीच ४० मतको अन्तर रहेको थियो ।
वरिष्ठ उपाध्यक्ष पदमा आनन्द खड्का ७५२ मतसहित विजयी बने । उनका प्रतिस्पर्धी भूमि पौडेलले ७४५ मत ल्याए ।

उद्योग उपाध्यक्षमा हरि कोइराला ७९५ मतसहित निर्वाचित भए भने प्रतिस्पर्धी भीमबहादुर कुँवरले ६४२ मत प्राप्त गरे । त्यस्तै, बाणिज्य उपाध्यक्ष पदमा सन्तोष खवास ८०७ मतसहित भारी मतान्तरले विजयी भए । उनका प्रतिद्वन्द्वी तिलक थापाले ६२१ मत ल्याएका थिए ।
महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ ७८० मतसहित निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी सुन्दरी श्रेष्ठले ६५५ मत प्राप्त गरिन् । निर्वाचन समिति सदस्य अजय घिमिरेले नतिजा सार्वजनिक गरेका हुन् ।

महासचिव पदमा ध्रुब कनालले अत्यन्त प्रतिस्पर्धात्मक मतपरिणाममा ७२४ मत ल्याएर विजय हासिल गरे । उनका प्रतिस्पर्धी दिनेश शाक्यले ७२० मत प्राप्त गरेका थिए ।
महिला सदस्यतर्फ कृष्णकुमारी प्रसाईं (कल्पना) ७४१ र चम्पा नेम्बाङ ७५२ मतसहित विजयी भए । पुरुष सदस्यतर्फ दिनेश पोखरेल (६४१), सचिन निरौला (७४९), खिरोज बराल ‘फिरोज’ (६४६), जयकुमार श्राप ‘सुनार’ (६६३), अर्जुन तिवारी (८६६), आशिष संग्रौला (८२०), तारा श्रेष्ठ (७३०) तथा राजेशकुमार बंशल (६८२) मतसहित निर्वाचित भएका छन् ।

पराजित हुने सदस्य उम्मेदवारहरूमा मीरा कार्की (५६९), रमा आचार्य ‘राधा’ (५५३), मानबहादुर कटुवाल (५१९), सुरज चौधरी (५९४), ललित अग्रवाल (५६१), विजय गुप्ता (६२६), चन्द्रबहादुर घोर्साई (५७७), विनोदकुमार बानियाँ (६३७), गोपिकृष्ण गौतम (५६६) र प्रबुल केसी क्षेत्री (४२९) रहेका छन् ।
