BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
मेचीनगरमा जेसीज सप्ताहको रौनक, साताव्यापी सामाजिक कार्यक्रम घोषणा समाचार

मेचीनगरमा जेसीज सप्ताहको रौनक, साताव्यापी सामाजिक कार्यक्रम घोषणा

मेचीनगर, जेठ ११ : ले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ देखि २३ गतेसम्म सञ्चालन हुने ‘जेसीज विक’ अन्तर्गत विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमार्फत सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको हो ।

संस्थाकी अध्यक्ष रीता प्रधानका अनुसार सप्ताहको उद्घाटन युवाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित मिनी म्याराथन (रोड रनिङ) बाट गरिनेछ । साथै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक को सहजीकरणमा ‘सुरक्षित डिजिटल समाज निर्माण अभियान’ अन्तर्गत साइबर सचेतना कार्यक्रम समेत आयोजना गरिनेछ ।

सप्ताहभर ट्राफिक नियम पालनासम्बन्धी सचेतना, खाजा तथा अचार बनाउने तालिम, प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी गोष्ठी, रक्तदान, विपन्न विद्यार्थीलाई स्कुल ब्याग वितरण, उद्योगी–व्यवसायीसँग अभिमुखीकरण तथा तालिमलगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

संस्थाकी महासचिव ले ‘खेलकुद विधामा योगदान, मेचीनगर लेडी जेसीजलाई पाइला–पाइलामा सम्मान’ भन्ने नारासहित आयोजना हुने मिनी म्याराथनमा मेचीनगरभित्रका १६ वर्षमाथिका महिला तथा पुरुष सहभागी हुन पाउने जानकारी दिइन् । दौड मेचीनगर–६ नकलबन्दाबाट भट्टराई चोकसम्म करिब ३ किलोमिटर दूरीमा हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँचौं स्थानसम्म नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम हुनेले १० हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोदेखि सान्त्वनासम्म क्रमशः ५ हजार १ सय, ३ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय र १ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

जेसीज विक अन्तर्गत रक्तदान कार्यक्रम काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा आयोजना गरिनेछ भने काँकरभिट्टा बहुमुखी क्याम्पसमा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रम राखिएको छ । यस्तै, मेचीनगर–७ स्थित लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने कार्यक्रम पनि समावेश गरिएको छ ।

सप्ताहको अन्तिम दिन युवा तथा समुदाय लक्षित साइबर सचेतना कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम सम्पन्न गर्न करिब दुई लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगबाट जुटाइने अध्यक्ष प्रधानले बताइन् ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल समाचार
समाचार 30 May 2026

आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

झापा । काँकडभिट्टा घर भई धुलाबारीमा कामका लागि गएका ४० वर्षीय राजकुमार शर्मा सम्पर्कविहीन भएका छन्। आफूलाई पत्रकार…

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’ समाचार
समाचार 5 May 2026

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै…

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग राजनीति
राजनीति 14 May 2026

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग

काठमाडौँ – सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको…