शैक्षिक सत्र २०८३/०८४ का लागि श्री भानु माध्यमिक विद्यालयमा भर्ना सुरु
बिकास राउत
मेचीनगर। मेचीनगर-२, भृकुटीमा रहेको श्री भानु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ। आधुनिक र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयले नयाँ विद्यार्थीहरूका लागि भर्ना खुला गरेको हो।
विशेष गरी यस क्षेत्रमै गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएको यस माध्यमिक विद्यालयले यस वर्ष विद्यार्थीहरूका लागि थुप्रै विशेष सुविधाहरू र योजनाहरू अघि सारेको छ।
विद्यार्थीलाई आकर्षित गर्ने मुख्य विशेषताहरू:
- कम्प्युटर र डिजिटल शिक्षा: विद्यालयमा कम्युटर विज्ञान (Computer Science) को अध्यापन हुनुका साथै सबै कक्षाहरू मल्टी-मिडिया र स्मार्ट बोर्ड (Smart Board) मार्फत सञ्चालन हुनेछन्। साथै, नयाँ भर्ना हुने इच्छुक विद्यार्थीलाई कम्प्युटर तालिमको समेत व्यवस्था गरिएको छ।
- सुलभ शुल्क र छात्रवृत्ति: विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति र राहत कोषको व्यवस्था गरिएको छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनुका साथै नयाँ भर्ना शुल्कमा विशेष छुट र अनिवार्य विषयका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइनेछ।
- भौतिक तथा शैक्षिक वातावरण: शान्त र मनोरम वातावरणमा अवस्थित विद्यालयमा व्यवस्थित पुस्तकालय र सुविधासम्पन्न कम्प्युटर ल्याब रहेको छ।
दक्ष र अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयले विद्यार्थीको मूल्यांकनका लागि मासिक रूपमा परीक्षा लिने पद्धति समेत अपनाएको छ।
भर्ना सम्बन्धी थप विस्तृत जानकारीका लागि विद्यालयको प्रशासन शाखा वा प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुङ्गानालाई सिधै सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
