BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
गुलाबी फूलले ढाकिएको सतिघट्टा : सामाजिक सञ्जालबाट चर्चामा आएको झापाको नयाँ पर्यटकीय गन्तव्य समाज

गुलाबी फूलले ढाकिएको सतिघट्टा : सामाजिक सञ्जालबाट चर्चामा आएको झापाको नयाँ पर्यटकीय गन्तव्य

डम्बर बिश्वकर्मा
पूर्वी नेपालको शान्त वातावरणबीच फैलिएको सतिघट्टा चिया बगान यतिबेला गुलाबी फूलका कारण चर्चाको केन्द्र बनेको छ। हरियो चिया बगानमाथि ढकमक्क फुलेका गुलाबी फूलहरूले क्षेत्रलाई आकर्षक बनाएपछि यहाँ आन्तरिक पर्यटकहरूको भीड दिनप्रतिदिन बढ्न थालेको हो।

विशेषगरी टिकटक, फेसबुक रिल्स र इन्स्टाग्राममा यहाँका दृश्यहरू भाइरल बनेसँगै देशका विभिन्न स्थानबाट युवायुवती, परिवार र प्रकृतिप्रेमीहरू सतिघट्टा पुग्न थालेका छन्। बिहानदेखि साँझसम्म बगान क्षेत्रमा फोटो खिच्ने, भिडियो बनाउने र प्राकृतिक सौन्दर्यसँग रमाउनेहरूको चहलपहल देख्न सकिन्छ।

काँकरभिट्टाबाट करिब साढे तीन किलोमिटर दूरीमा रहेको यो स्थान अहिले छोटो समयमै झापाको चर्चित ‘फोटो डेस्टिनेसन’ बन्न सफल भएको छ। हरियो चियाका बोट र माथिबाट झरेझैँ देखिने गुलाबी फूलहरूको दृश्यले आगन्तुकहरूलाई लोभ्याउने गरेको छ।

स्थानीयले “गुलाबी शिरीष” भनेर चिन्ने यी फूलहरू वास्तवमा पिंक क्यासिया प्रजातिका रुख भएको जानकारहरू बताउँछन्। फूल फुल्ने मौसमसँगै बगानको दृश्य झन् आकर्षक बनेपछि यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको हो।

तर बढ्दो भीडसँगै फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ। कतिपय पर्यटकहरूले प्लास्टिक, पानीका बोतल र खानेकुराका खोल जथाभाबी फाल्दा बगान क्षेत्रको सौन्दर्यमा असर पर्न थालेको स्थानीयको गुनासो छ।

स्थानीयवासीहरूले सतिघट्टाको प्राकृतिक सौन्दर्य जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। “प्रकृतिलाई माया गरौँ, फोहोर नगरौँ” भन्ने सन्देशसहित अहिले यहाँ सरसफाइप्रति सचेतना बढाउन थालिएको छ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र गुलाबी फूलको अनुपम दृश्यका कारण मेचीनगर को सतिघट्टा चिया बगान पूर्वी नेपालको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

भट्टसहित २९ जनाविरुद्ध मुद्दा दर्ताको तयारी समाचार
समाचार 25 May 2026

भट्टसहित २९ जनाविरुद्ध मुद्दा दर्ताको तयारी

काठमाडौँ११ जेष्ठ २०८३ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर २९…

सामाजिक सञ्जालमा ४ जनाको फोटो राखेर झापाका बैंकर खड्काद्वारा आत्महत्या अर्थ
अर्थ 19 May 2026

सामाजिक सञ्जालमा ४ जनाको फोटो राखेर झापाका बैंकर खड्काद्वारा आत्महत्या

झापा- झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत फेला परेका छन्।…

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता समाचार
समाचार 18 May 2026

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा सुन तथा विदेशी…