BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
मनिष झाले भनेका थिए– सदन चिया चौतारी होइन, मन लागे मात्र आउन राजनीति

मनिष झाले भनेका थिए– सदन चिया चौतारी होइन, मन लागे मात्र आउन

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले संसद्मा निरन्तर उपस्थित हुनुपर्ने भनेको स्मरण गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन इन्कार गरिरहेका बेला बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले रास्वपाका सांसदहरूका विगतमा अभिव्यक्ति स्मरण गरेका हुन् ।

प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा रास्वपाका सांसद मनिष झाले भनेका थिए, ‘सदन एउटा चिया पसल र चौतारी होइन जहाँ मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन ।’

झाको यस्तो अभिव्यक्ति २३ चैत २०८२ मा प्रतिनिधिसभा बैठकमा आएको थियो । त्यसदिन सांसद झाले थपेका थिए, ‘सदन गुरुकुल हुनुपर्छ । विश्वविद्यालय हुनुपर्छ । जहाँ म होमवर्क गरेर आउँछु । म एउटा प्रश्न लिएर आउँछु । प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व आउँछ ।’

सांसद झाको यही अभिव्यक्ति कांग्रेस सचेतक राईले बिहीबार प्रतिनिधिसभाको बैठकमा स्मरण गरेका हुन् ।

तर, अहिले प्रधनमन्त्री बालेन शाहले गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थालेको भनेर उनले ब्यङ्ग्य गरेका हुन् । कांग्रेससहितका विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलका उठेका प्रश्नहरूको जवाफ प्रधनमन्त्रीले दिनुपर्ने माग गर्दै आएका छन् ।

तर आजको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने दैनिक कार्यसूची छ ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

आजै आउन सक्छ एसईई नतिजा, नभए भोलिसम्म सार्वजनिक गर्ने तयारी समाचार
समाचार 11 May 2026

आजै आउन सक्छ एसईई नतिजा, नभए भोलिसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारीका लागि सोमबार बैठक बसिरहेको छ । प्राविधिक रूपमा कुनै…

गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन राजनीति
राजनीति 14 May 2026

गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सही ढङ्गले चल्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै…

खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु समाचार
समाचार 28 April 2026

खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु

मुम्बईबाट एउटा स्तब्ध पार्ने र डरलाग्दो खबर बाहिर आएको छ । खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु…