BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक समाचार

किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक

धुलाबारी, २०  वैशाख ।  मेची उद्योग वाणिज्य संघको आगामी वैशाख २६ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोल दिनदिनै तातिँदै गएको छ। यही क्रममाआज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत किशोर क्षेत्री (कपिल) नेतृत्वको समूहले आफ्नो सम्पूर्ण उम्मेद्वार टोली सार्वजनिक गरेको छ।

“समावेशी व्यवसायिक प्यानल” नाम दिइएको यस समूहले व्यवसायीहरूको साझा हित, पारदर्शिता र सक्रिय नेतृत्वको प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको जनाएको छ। अध्यक्ष पदमा किशोर क्षेत्री (कपिल) उम्मेद्वार रहेका छन् भने बरिष्ठ उपाध्यक्षमा भुमी पौडेल, उद्योग उपाध्यक्षमा हरि कोईराला, वाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा सुन्दरी श्रेष्ठ र महासचिवमा ध्रुव कनाललाई अघि सारिएको छ।

त्यस्तै कार्यसमिति सदस्यमा आशिष संग्रौला, आशिष श्राफ, अर्जुन तिवारी, राजेश बंशल, तारा श्रेष्ठ, गोपी गौतम, प्रबल केसी क्षेत्री र बिनोद बानियाँ उम्मेद्वार रहेका छन्। महिला सदस्यतर्फ कृष्ण कुमारी प्रसाई (कल्पना) र चम्पा नेम्वाङ पनि प्रतिस्पर्धामा रहने घोषणा गरिएको छ। महासचिवका उम्मेद्वार ध्रुव कनालले प्यानल सार्वजनिक गर्दै व्यवसायीको हक–हितलाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाए। उनले संघलाई अझ सक्रिय, उत्तरदायी र व्यवसायमैत्री बनाउने लक्ष्य रहेको बताए।

यसअघि नै खेमराज प्रसाई नेतृत्वको अर्को समूहले पनि उम्मेद्वार घोषणा गरिसकेको अवस्थामा चुनावी प्रतिस्पर्धा झन् रोचक बनेको छ। संघमा कुल २११५ मतदाता सदस्य रहेका छन्, जसले आगामी नेतृत्व चयन गर्नेछन्। निर्वाचन कार्यतालिका अनुसार आज वैशाख २० गते दिउँसो १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वार मनोनयन दर्ताको समय तोकिएको छ। अब केही दिनमै व्यवसायीहरूको रोजाइमा कसले बाजी मार्ला भन्ने चासो र उत्सुकता चुलिँदै गएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर समाचार
समाचार 1 May 2026

बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर

काठमाडौँ – बुद्ध जयन्तीकै दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरादेवीको मन्दिर डोजर लगाएर…

संविधान संशोधनको गृहकार्य तीव्र राजनीति
राजनीति 28 April 2026

संविधान संशोधनको गृहकार्य तीव्र

काठमाडौं १५ वैशाख २०८३  सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।…