BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
अध्यादेशबारे पुरानो ‘स्टाटस’ भाइरल भएपछि बोले रास्वपा सांसद कार्की : अध्यादेश ल्याउनु बहादुरी होइन राजनीति

अध्यादेशबारे पुरानो ‘स्टाटस’ भाइरल भएपछि बोले रास्वपा सांसद कार्की : अध्यादेश ल्याउनु बहादुरी होइन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सरकारले हालै सिफारिस गरेको अध्यादेशप्रति कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले झन्डै दुई तिहाइ बहुमत भएको सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका हुन्।

सरकारको यो कदमलाई उनले संविधानको अक्षर पालना गरे पनि मर्मको अपमान भएको रूपमा व्याख्या गरेका छन्। कार्कीले लेखेका छन्, ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन। अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यस पटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन।’

उनले संविधान अक्षरले मात्र नभई मर्मको पालनाले जीवन्त रहने उल्लेख गर्दै संविधानको अक्षरले यसको मर्मलाई सीमित नगर्न सुझाव पनि दिएका छन्। उनले आफ्नो पुरानो अडान स्मरण गराउँदै विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवितै रहेको बताए।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको संसद् छलेर अध्यादेश ल्याउँदा उनले सरकारले सुशासन र संविधान संशोधनको नारा दिए पनि वास्तविकतामा संसद्सँग डराएको आरोप लगाएका थिए।

कार्कीले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै भनेका थिए, ‘सरकार उज्यालोबाट डराउँछ र मध्यरातमा मन्त्रिपरिषद्को बैठक बस्छ। सरकार संसददेखि डराउँछ र अध्यादेशबाट मुलुक चलाउने दुस्साहस गर्छ। सरकार चलाउने नागरिकको छनौटसँग आत्तिन्छ र आफू निर्विकल्प हुने सपना देख्दै दुई दलीय व्यवस्थाको वकालत गर्छ।’

उनको यहीँ पुरानो कुरालाई लिएर सामाजिक सञ्जालमार्फत धेरैले निरन्तर प्रश्न गरेपछि उनले यस्तो जवाफ दिएका हुन्। 

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह: नेपालले पनि भारतको सीमा मिचेको छ राजनीति
राजनीति 31 May 2026

प्रधानमन्त्री शाह: नेपालले पनि भारतको सीमा मिचेको छ

काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका छन्। आइतबार संसदमा सांसदहरुले उठाएका सीमा विवाद सम्बन्धी…

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते समाचार
समाचार 30 April 2026

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

झापा — मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी…

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते समाचार
समाचार 28 May 2026

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते

झापा । झापाको बिर्तामोडमा घरेलु विवादले उग्र रूप लिँदा आमाछोरीमाथि खुकुरी प्रहार भएको छ। शुक्रबार बिहान करिब १०ः३०…