BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
सर्वोच्चले सरकारसँग माग्यो सुकुमवासी बस्तीको तथ्य र तथ्यांक समाचार

सर्वोच्चले सरकारसँग माग्यो सुकुमवासी बस्तीको तथ्य र तथ्यांक

काठमाडौं — सर्वोच्च अदालतले सुकुमवासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँग सम्बन्धी पाँच विवरण पेश गर्न आदेश गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा सोमबार यस्तो आदेश गरेको हो ।

रिटमा सरकारले सुकुमवासी बस्तीमा बसोबास गरेकाहरुलाई सर्न अवसर समेत उपलव्ध नगराएर दाबी गर्दै दायर भएको रिटमा यस्तो आदेश गरेको हो । २१ वैशाखमा जारी भएको कारण देखाउ आदेशमा सर्वोच्चले पछिल्लो अवस्थाको विवरण समेत महान्यायाधीवक्ता कार्यालयमार्फत पेश गर्न भनेको छ । सर्वोच्चले २३ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको छलफलमा उपस्थित हुन पनि भनेको छ ।

म‌ंगलबार पनि सर्वोच्चमा सुकुमवासी बस्ती सम्बन्धी रिटमा पेसी तोकिएको छ । सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली समेतको रिट न्यायाधीश हरिप्रसाद  र मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

अन्तरिम आदेश छलफलमा उपस्थित हुँदा बस्ती खाली गराउने सम्बन्धी विपक्षीहरुबाट यी तथ्य, तथ्यांक तथा कागजातहरु महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन सर्वोच्चको आदेशमा भनिएको छ । 

यस्ता छन् सर्वोच्चले माग गरेका पाँच बुँदा :
क) नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नं. ९१ मा उल्लेख भए बमोजिम तथा नेपालको संविधान, आवासको हक सम्बन्धी ऐन, २०७५ को दफा ५ तथा यस अदालतबाट प्रकाशमणि शर्माविरुद्व मन्त्रिपरिषद्समेत भएको ०६७-WO-१००२ को निवेदनमा भएको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्वन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरु के कसरी अवलम्वन गरिएको हो ? सो सम्बन्धी निर्णयसहितको कागजातहरु । ख) निवेदन दाबी बमोजिमको सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरुको सामूहिक बस्ती खाली गराउने, घरटहरा भत्काउने कार्य के कस्तो निर्णय वा कानुनी आधारमा गरिएको हो ? सो निर्णयसहितको कागजात । 

ग) हाल खाली गराइएको बस्तीबाट हटाइएका/बहिर्गमन भएका परिवारहरुको पुनरवास/दैनिक खानपिन/ज्येष्ठ नागरिक, विरामी, अपाङ्गता भएका व्यक्तिहरुको औषधि उपचार/सरसफाई एवं बालबालिकाहरुको शिक्षा सम्बन्धी वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण । 

घ) बस्तीबाट हटाईएका नागरिहरुको लगत संकलन तथा प्रमाणीकरणको पछिल्लो अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धी पछिल्लो विवरण ।

ङ) खाली गराइएको बस्तीबाट भत्काइएका विद्यालय, मठमन्दिर, गुम्बा, मस्जिदलगायतको विवरण र तिनको व्यवस्थापनका लागि तत्काल गरिएको कार्यहरुको विवरण ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश राजनीति
राजनीति 30 April 2026

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

१७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्…

आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यो पोर्टल राजनीति
राजनीति 10 May 2026

आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यो पोर्टल

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित…

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते समाचार
समाचार 28 May 2026

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते

झापा । झापाको बिर्तामोडमा घरेलु विवादले उग्र रूप लिँदा आमाछोरीमाथि खुकुरी प्रहार भएको छ। शुक्रबार बिहान करिब १०ः३०…