BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई समाचार

डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई

१७ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् ।कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो जिम्मेवारी पाएका पाण्डेले बिहीबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले किसानको ५० करोड रुपैयाँ बराबरको बक्यौता आगामी तीन महिनाभित्र भुक्तानी गरिसक्ने योजना बनाएको बताए ।‘मेरो पहिलो प्राथमिकता किसानको बाँकी रकम चुक्ता गर्नु हो,’ पाण्डेले मेची प्रेससँग भने, ‘तीन महिनाभित्र सबै बक्यौता तिरेर आगामी दिनमा दूध खरिद गरेको १० देखि १५ दिनभित्रै किसानले पैसा पाउने गरी नियमित भुक्तानी प्रणाली (पेमेन्ट साइकल) विकास गर्ने मेरो योजना छ ।’ पाण्डेको नियुक्तिसँगै डीडीसीको कर्मचारी संरचनामा पनि केही फेरबदल भएको छ ।

यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा संस्थानकै आठौँ तहको जिम्मेवारीमा फर्किएका छन् ।मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिक्री केन्द्रहरूको विस्तार र उत्पादनको गुणस्तरमा सुधार ल्याएर उपभोक्ताको विश्वास जित्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउन अधिकतम प्रयास गर्ने बताए ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश समाचार
समाचार 4 May 2026

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं , सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न…

दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग राजनीति
राजनीति 6 June 2026

दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग

दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको छ। पार्टीका संस्थापक…

आजै आउन सक्छ एसईई नतिजा, नभए भोलिसम्म सार्वजनिक गर्ने तयारी समाचार
समाचार 11 May 2026

आजै आउन सक्छ एसईई नतिजा, नभए भोलिसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा प्रकाशनको तयारीका लागि सोमबार बैठक बसिरहेको छ । प्राविधिक रूपमा कुनै…