BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ? राजनीति

बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?

फेरि बाहुण्डागी शोकमा डुबेको छ। यसपटक ६२ वर्षीया पद्मा पौडेल आफ्नै घरमा जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउन बाध्य हुनुभयो। आफ्नो घर, जहाँ मानिसले सबैभन्दा सुरक्षित महसुस गर्छ, त्यही घर उहाँका लागि असुरक्षित बन्यो।

यो केवल एउटा मृत्यु होइन, सन्तानको भरोसा बिलाएको हो , एउटा परिवारको आधार ढलेको हो, छरछिमेकको आँखा रसाएको पीडा हो।
बाहुण्डागीका बासिन्दाहरू वर्षौंदेखि डरको छायाँमा बाँचिरहेका छन्।

साँझ पर्नासाथ दिनभरी चार्जमा राखेको टर्च ठिक्क पारेर, रातभर जाग्राम बसेर, आफ्ना बालबालिका र परिवारको सुरक्षा गर्दै बित्ने जीवनलाई के साँच्चै जीवन भन्न सकिन्छ? लाखौं–करोडौंको बालीनाली जंगली हात्तीले नष्ट गर्छन्। दुःख गरेर उब्जाएको अन्न क्षणभरमै सखाप हुन्छ।

तर त्यसको पीडा कागजमा बनेका प्रतिवेदन र नेताहरूका भाषणमा मात्र सीमित हुन्छ।
वन्यजन्तु संरक्षणको नाममा हात्ती पर्यटनको कुरा गर्नेहरू पनि छन्। संरक्षण आवश्यक छ, तर के मानव जीवनभन्दा ठूलो कुनै पर्यटन हुन सक्छ? हात्ती बचाउने बहस धेरै भए, तर बाहुण्डागीवासीको ज्यान बचाउने बहस किन हुदैन ? आखिर एउटा आमाको ज्यानको मूल्य कति हो? एउटा परिवारको आँसुको मूल्य कसले निर्धारण गर्छ?
हरेक निर्वाचनमा नेताहरू आउँछन्, आश्वासन बाँड्छन्।

जितेर गएपछि संसदमा कुरा उठेको समाचार पनि सुनिन्छ। तर वर्षौं बितिसक्दा पनि स्थायी समाधान किन छैन? कति पद्मा पौडेलहरूले ज्यान गुमाउनुपर्ने हो? कति बालबालिकाले आफ्ना अभिभावक गुमाउनु पर्ने हो? कति परिवार उजाडिनु पर्ने हो?कति युवाहरुले आफ्नो बलिदानी दिनु पर्ने हो? तब मात्र राज्यको ध्यान पुग्ने हो?
बाहुण्डागीका नागरिकहरूले दया मागेका होइनन्। उनीहरूले सुरक्षित भएर बाँच्ने आफ्नो नैसर्गिक अधिकार मागेका हुन्। प्रभावकारी विद्युतीय बार, वैज्ञानिक व्यवस्थापन, उचित क्षतिपूर्ति, जोखिम न्यूनीकरणका ठोस कार्यक्रम र दीर्घकालीन समाधान अब तुरुन्तै लागू हुनुपर्छ।


पद्मा पौडेलको मृत्यु केवल एउटा तथ्यांक बनेर सीमित नहोस्। उहाँको मृत्युले राज्यलाई झक्झक्याओस्। किनकि कुनै पनि नागरिक आफ्नै घरभित्र असुरक्षित भएर मर्न बाध्य हुनु जिम्मेवार समाज र जिम्मेवार राज्य दुवैका लागि गम्भीर प्रश्न हो।


बाहुण्डागीलाई अब केवल सहानुभूति चाहँदैन, समाधान चाहन्छ।
अब भाषण होइन, कार्यान्वयन चाहिन्छ।
अब आश्वासन होइन, सुरक्षा चाहिन्छ। फेरि अर्को पद्मा पौडेलको मृत्युको नहोस्।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउ समाचार
समाचार 3 दिन अघि

काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउ

काँकरभिट्टा, ३० जेठ — पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ। पूर्वी काँकरभिट्टा नाकासहित…

गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन राजनीति
राजनीति 14 May 2026

गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेडकबाट हटाउन निर्देशन…

रास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचित राजनीति
राजनीति 7 June 2026

रास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचित

झापा, जेठ २४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्   सम्पन्न मतगणनामा ३४१…