BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
अदालतको आदेशपछि जेफ्री एप्स्टिनको ‘सुसाइड नोट’ सार्वजनिक समाचार

अदालतको आदेशपछि जेफ्री एप्स्टिनको ‘सुसाइड नोट’ सार्वजनिक

काठमाडौँ — यौन अपराधमा दोषी ठहर भएका जेफ्री एप्स्टिनले लेखेको भनिएको सुसाइड नोट अदालतले सार्वजनिक गरेको छ ।

मानव बेचबिखनसम्बन्धी मुद्दाको सुनुवाइको पर्खाइमा हिरासतमा रहेका बेला सन् २०१९ मा भएको उनको मृत्युबारे विवाद जारी रहँदा अमेरिकाको न्यूयोर्क जिल्ला अदालतका न्यायाधीश केनेथ एम. कारासले बुधबार उक्त नोट सार्वजनिक गर्न आदेश दिएका हुन् ।

सार्वजनिक भएको नोटमा लेखिएको छ, ‘उनीहरूले महिनौंसम्म मेरो अनुसन्धान गरे, केही पनि फेला पारेनन् ।’ साथै, आरोपहरू वर्षौं पुराना भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘विदाइ कहिले लिने भन्ने समय आफैंले रोज्न पाउनु एउटा अवसर हो । तिमीहरू मसँग के चाहन्छौ -म रोइरहेको देख्न? कुनै रमाइलो छैन – यसको कुनै अर्थ छैन ।’

यो नोटबारे पहिलोपटक गत साता न्यूयोर्क टाइम्सले समाचार सार्वजनिक गरेको थियो । अमेरिकी न्याय विभागले यस वर्ष सार्वजनिक गरेका एप्स्टिनसम्बन्धी लाखौं पृष्ठका दस्तावेजमा उक्त नोटका अप्रत्यक्ष सन्दर्भ भेटिएपछि यसको चर्चा भएको थियो ।

एप्स्टिनसँग म्यानहट्टनको सुधारगृहमा सँगै रहेका पूर्व कैदी निकोलस टार्टाग्लियोनले सन् २०१९ जुलाईमा उक्त नोट आफूले फेला पारेको बताएका थिए । एप्स्टिन त्यसलगत्तै आफ्नो कोठामा अचेत अवस्थामा भेटिएका थिए । त्यतिबेला उनी बाँचे पनि केही सातापछि पुनः आफ्नै कोठामा मृत भेटिएका थिए । उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालिएको थियो ।टार्टाग्लियोनसम्बन्धी आपराधिक मुद्दा हेर्दै आएका अमेरिकी जिल्ला न्यायाधीश कारासले न्यूयोर्क टाइम्सको अनुरोधपछि उक्त नोटको गोपनीयता हटाउन आदेश दिएका हुन् । न्याय विभागले एप्स्टिन अनुसन्धानसँग सम्बन्धित लाखौं दस्तावेज सार्वजनिक गरे पनि यो नोट भने लामो समयसम्म गोप्य राखिएको थियो ।

टार्टाग्लियोनका वकिलहरूले नोट वास्तविक भएको दाबी गरेका छन् । तर त्यसको प्रमाणीकरण कसरी गरिएको हो भन्नेबारे स्पष्ट पारेका छैनन्, र कुनै अदालत वा अनुसन्धान निकायले पनि यसको आधिकारिक पुष्टि गरेको छैन । उक्त नोट लाइन भएको कागजको एउटै पानामा हस्तलिखित रूपमा लेखिएको छ ।

चार जनाको हत्या आरोपमा अभियोग लागेका पूर्व प्रहरी अधिकारी टार्टाग्लियोनले गत वर्ष एक पोडकास्टमा आफूले उक्त नोट वकिललाई दिएको र वकिलले आफ्नो मुद्दा हेर्ने न्यायाधीशलाई बुझाएको बताएका थिए । त्यसपछि न्यायाधीशले नोटलाई गोप्य राख्ने आदेश दिएका थिए, तर न्यूयोर्क टाइम्सको अनुरोधपछि सार्वजनिक गर्न सहमत भएका हुन् ।

एप्स्टिनले सन् २००८ मा वेश्यावृत्तिका लागि प्रलोभनमा पार्ने दुई आरोपमा दोष स्वीकार गरेका थिए, जसमा एक आरोप नाबालिगसँग सम्बन्धित थियो । उनलाई सन् २०१९ मा संघीय मानव बेचबिखन आरोपमा पक्राउ गरिएको थियो र सोही वर्ष म्यानहट्टनस्थित जेलमा हिरासतकै क्रममा मृत्यु भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

मेचीनगरमा जेसीज सप्ताहको रौनक, साताव्यापी सामाजिक कार्यक्रम घोषणा समाचार
समाचार 26 May 2026

मेचीनगरमा जेसीज सप्ताहको रौनक, साताव्यापी सामाजिक कार्यक्रम घोषणा

मेचीनगर, जेठ ११ : ले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ देखि २३ गतेसम्म सञ्चालन हुने ‘जेसीज विक’…

सर्वोच्चले सरकारसँग माग्यो सुकुमवासी बस्तीको तथ्य र तथ्यांक समाचार
समाचार 5 May 2026

सर्वोच्चले सरकारसँग माग्यो सुकुमवासी बस्तीको तथ्य र तथ्यांक

काठमाडौं — सर्वोच्च अदालतले सुकुमवासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँग सम्बन्धी पाँच विवरण पेश गर्न आदेश…

गुलमोहरको रातो रङले सजियो बर्ने, पर्यटकको घुइँचो समाचार
समाचार 25 May 2026

गुलमोहरको रातो रङले सजियो बर्ने, पर्यटकको घुइँचो

झापा । बुद्धशान्ति–४ स्थित बर्ने क्षेत्र यतिबेला गुलमोहरका राताम्मे फूलले प्राकृतिक सौन्दर्यको उत्कृष्ट उदाहरण बनेको छ । सडकछेउमा…