BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति राजनीति

आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति

काठमाडौं , बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निजी निवास र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाएका छन्।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले विभागको उक्त कार्यले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा–५ स्थित निवास र उनको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ का विभिन्न कार्यालयमा एकैसाथ छापा मारी केही कागजात नियन्त्रणमा लिएको थियो।

हेटौंडा र काठमाडौंका घरमा समेत छापा मारिएपछि मुख्यमन्त्रीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

राजनीतिक र व्यावसायिक जीवनको छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले राज्यको निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्थामा ‘अकस्मात् छापामारी’ गरिएकोमा असन्तुष्टि पोखेका छन्।

‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री बानियाँले आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन्।

उनले प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौती र आर्थिक मितव्ययिताका लागि नीतिगत रूपमै अगाडि बढेको समेत उल्लेख गरेका छन्।

संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउँदै उनले विभागको छापामारीबाट भ्रमित र चिन्तित नहुन प्रदेशवासी एवं शुभचिन्तकहरूलाई आग्रह गरेका छन्।

४० वर्षभन्दा लामो राजनीतिक यात्रामा आफू सधैँ विधिको शासनको पक्षमा रहेको उनले विज्ञप्ति मार्फत बताएका छन्।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते समाचार
समाचार 28 May 2026

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते

झापा । झापाको बिर्तामोडमा घरेलु विवादले उग्र रूप लिँदा आमाछोरीमाथि खुकुरी प्रहार भएको छ। शुक्रबार बिहान करिब १०ः३०…

इस्ट होराइजन इङ्लिस हाई स्कुलमा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न समाचार
समाचार 29 May 2026

इस्ट होराइजन इङ्लिस हाई स्कुलमा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न

धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र एलसीसीआई (LCCI) ग्लोबल क्वालिफिकेसनको संयुक्त आयोजनामा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट…

गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन राजनीति
राजनीति 14 May 2026

गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सही ढङ्गले चल्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै…