BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष। सम्पादकीय

मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।

मेचीनगर–७ सतिघट्टाकी गर्भवती मौषमी कायस्थको रहस्यमय मृत्युको घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ। एउटा आमाको सपना बोकेकी महिला र उनको गर्भमा हुर्किरहेको निर्दोष जीवन एकैपटक समाप्त हुनु केवल एउटा परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजको संवेदनामाथिको गहिरो चोट हो।


यस्तो संवेदनशील र गम्भीर घटनामा कुनै पनि आशंका, दबाब वा प्रभावभन्दा माथि उठेर सत्यको खोजी गरिनुपर्छ। घटनाको निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धान हुनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। यदि यस घटनामा कसैको संलग्नता छ भने, दोषीलाई कानुनको कठघरामा उभ्याई न्याय दिलाइनु राज्यको दायित्व हो।


यस दुःखद घडीमा सत्यतथ्य छानबिन र न्यायको माग गर्दै एकजुट हुनुभएका स्थानीयवासीहरूको आवाजलाई सम्मान गर्नुपर्छ। न्यायको खोजी कुनै व्यक्ति वा समूहको स्वार्थ होइन, सभ्य समाजको आधारभूत अधिकार र आवश्यकता हो।


मेचीप्रेस दृढ विश्वासका साथ भन्छ—मौषमी र उनको गर्भमा रहेको शिशुले न्याय पाउनैपर्छ। सत्य जतिसुकै दबाउने प्रयास भए पनि अन्ततः उजागर हुनैपर्छ। पीडित परिवारको आँसु केवल सहानुभूतिले मात्र सुक्दैन, त्यसका लागि निष्पक्ष न्याय आवश्यक छ।
मेचीप्रेस सधैं सत्य, न्याय र जनताको पक्षमा उभिँदै आएको छ र आगामी दिनमा पनि अन्यायविरुद्ध निर्भीक रूपमा आवाज उठाइरहनेछ। मौषमीका लागि न्याय केवल एउटा मुद्दा होइन, यो मानवता, उत्तरदायित्व र समाजप्रतिको हाम्रो साझा प्रतिबद्धताको परीक्षा हो।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *