BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
सरकारले बनाएको सम्पत्ति छानबिन आयोग विरूद्ध सर्वोच्चमा रिट राजनीति

सरकारले बनाएको सम्पत्ति छानबिन आयोग विरूद्ध सर्वोच्चमा रिट

२०६२/०६३ पछि राज्यका उच्च तह ओहोदामा पुगेका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारले बनाएको आयोग विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।  

नेपाल सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग गैरसंवैधानिक भन्दै अधिवक्ता प्रेमराज सिलवालले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। 

‘दर्ता भएको रिटमाथि भोलि एकल इजलासमा सुनुवाइ हुने जानकारी गराउँदछु,’ उनले भनेका छन्। 

रिटमा सरकारी ओहोदामा पुगेकाहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग छँदाछँदै उसलाई बाइपास गर्ने आयोग बनाइएको भन्दै खारेज गर्न माग गरिएको छ।

सरकारले २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय ‘सम्पत्ति छानबिन आयोग’ गठन गरेको थियो।

आयोगका अध्यक्ष भण्डारीले गएको वैशाख ९ गते कायम मुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

आयोगमा  अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरूषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका थिए।

जाँचबुझ ऐन, २०२६ अनुसार गठन गरिएको आयोगको कार्यसम्पादन सर्त (टीओआर) सरकारले स्वीकृत गरिसकेको छ।

एक वर्षको कार्यकाल रहेको आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी तथा तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ।आयोगले अनुसन्धान सम्पन्न गरेपछि प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। उक्त प्रतिवेदन सरकारले ४५ दिनभित्र कार्यान्वयन गर्नुपर्ने प्रावधान पनि तोकिएको छ।

आयोगले कसैको दबाब वा प्रभावमा नपरी स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाएको छ। उजुरी संकलनका लागि लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यम प्रयोग गरिने बताइएको छ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारी छनोट प्रक्रिया अघि बढाइरहेको जनाएको छ। आयोगमा खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक समाचार
समाचार 3 May 2026

किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक

धुलाबारी, २०  वैशाख ।  मेची उद्योग वाणिज्य संघको आगामी वैशाख २६ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोल…

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते समाचार
समाचार 30 April 2026

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

झापा — मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी…

बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर समाचार
समाचार 1 May 2026

बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर

काठमाडौँ – बुद्ध जयन्तीकै दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरादेवीको मन्दिर डोजर लगाएर…