BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
इस्ट होराइजन इङ्लिस हाई स्कुलमा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न समाचार

इस्ट होराइजन इङ्लिस हाई स्कुलमा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न

धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र एलसीसीआई (LCCI) ग्लोबल क्वालिफिकेसनको संयुक्त आयोजनामा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूले क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा हासिल गरेको उत्कृष्ट सफलताको उत्सव मनाउनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


विद्यालयका कक्षा ७ का छात्र अर्णव कार्की र कक्षा ८ की छात्रा बृती सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन र राष्ट्रिय गानसँगै औपचारिक उद्घाटन गरिएको थियो।
विशिष्ट व्यक्तित्वहरूको सहभागिता
कार्यक्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसनका ल्याङ्ग्वेज एन्ड एसेसमेन्ट प्रमुख प्रविण ठाकुर चौधरी तथा काठमाडौँबाट आमन्त्रित अर्ली चाइल्डहुड एजुकेटर, प्यारेन्टिङ कोच एवं नेतृत्व प्रशिक्षक उर्वशी चौहान खड्का विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी विद्यालयका अध्यक्ष माधवप्रसाद पौडेल, निर्देशक/प्रिन्सिपल, डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्स साबित्रा सापकोटा राई, विभिन्न विभागीय प्रमुख, संयोजक, शिक्षक–शिक्षिका तथा ठूलो सङ्ख्यामा अभिभावकहरूको गरिमामय उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपलले स्वागत मन्तव्यमार्फत सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई स्वागत गर्नुभएको थियो।
प्यारेन्टिङ र क्याम्ब्रिज सेसन मुख्य आकर्षण
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यारेन्टिङ सेसनलाई प्रशिक्षक उर्वशी चौहान खड्काले सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूको समग्र विकासका लागि अभिभावक र विद्यालयबीचको सहकार्य, सकारात्मक वातावरण तथा उचित मार्गदर्शनको महत्त्वबारे प्रकाश पार्नुभयो।
यसैगरी एलसीसीआईका प्रतिनिधि प्रविण ठाकुर चौधरीले क्याम्ब्रिज पाठ्यक्रम तथा यसले विद्यार्थीहरूलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय अवसरहरूको विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। सोही अवसरमा एलसीसीआईका प्रतिनिधिद्वारा विद्यालयका प्रिन्सिपल तथा डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्सलाई सम्मान, नेतृत्व र प्रतिबद्धताको प्रतीकस्वरूप झन्डा (Flag) हस्तान्तरण गरिएको थियो।
उत्कृष्ट विद्यार्थी सम्मानित
क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रममा विशेष रूपमा सम्मान गरिएको थियो। मिस मनिलाले स्टेजमार्फत उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूको घोषणा गर्दै उनीहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो।
कार्यक्रम सञ्चालनमा विद्यार्थीहरू अर्णव कार्की, बृती सापकोटा, शरणीय खनाल, यथार्थ निरौला, रक्षा पन्थ, सुरक्षा गिरी तथा अरुस श्रेष्ठ सक्रिय रहेका थिए भने शिक्षक विकास ग्वाल र मनिला लिम्बुले समेत सहजीकरण गर्नुभएको थियो।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु समाचार
समाचार 28 April 2026

खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु

मुम्बईबाट एउटा स्तब्ध पार्ने र डरलाग्दो खबर बाहिर आएको छ । खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु…

बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ? राजनीति
राजनीति 1 दिन अघि

बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?

फेरि बाहुण्डागी शोकमा डुबेको छ। यसपटक ६२ वर्षीया पद्मा पौडेल आफ्नै घरमा जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउन…

एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ? समाचार
समाचार 11 May 2026

एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा…