BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना राजनीति

छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना

काठमाडौं , निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ।

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले ४५ पृष्ठ लामो प्रतिवेदन सिंहदरबारमा हस्तान्तरण गरेको हो। विवादित व्यवसायी दीपक भट्टसँग अवैध साझेदारी गरेको र लघु बीमा कम्पनीको सेयर सम्पत्ति विवरणमा लुकाएको आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते राजीनामा दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका उनले गत वैशाख ९ मा राजीनामा दिँदै भनेका थिए, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्। पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।’ उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने भन्दै राजीनामा दिएका थिए। उनको राजीनामापछि सरकारले वैशाख २८ गते यो समिति गठन गरेको थियो।

समितिले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण र बैंक खाताहरूको वित्तीय विवरण फरेन्सिक अध्ययन गर्दा गुरुङको नामबाट उक्त कम्पनीमा कुनै पनि सिधा लगानी वा अवैध वित्तीय कारोबारको ‘पेपर ट्रेल’ फेला नपारेको जनाएको छ। 

व्यवसायी भट्टसँग गुरुङको बेनामी वा अदृश्य लगानी रहेको कानुनी प्रमाण नभेटिएकाले समितिले उनलाई सफाइ (क्लिन चिट) दिएको हो। समितिका संयोजक भण्डारीले जनचासोको विषय भएकाले प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका छन्।

समितिबाट सफाइ पाएसँगै रास्वपा र प्रधानमन्त्री शाहबिच सहमति भई गुरुङ पुन: गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किने बलियो सम्भावना बढेको छ। हाल गृह मन्त्रालय प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आएका छन्। 

विपक्षी दलहरूले भने यो समितिलाई ‘सरकारी बचाउ समिति’ भन्दै प्रतिवेदन संसद्मा टेबल गर्न दबाब दिन थालेका छन्। अबको केही दिनमा प्रधानमन्त्री शाहले यो प्रतिवेदन मन्त्रिपरिषद्मा लैजाने र गुरुङको पुन: नियुक्तिबारे अन्तिम निर्णय लिने बुझिएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

रास्वपाले बोलायो सचिवालय बैठक राजनीति

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि  मध्याह्न…

तोकियो नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी अर्थ
अर्थ 14 May 2026

तोकियो नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी

३१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । संविधानको धारा…

आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यो पोर्टल राजनीति
राजनीति 10 May 2026

आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यो पोर्टल

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित…