BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
प्रधानमन्त्री शाह: नेपालले पनि भारतको सीमा मिचेको छ राजनीति

प्रधानमन्त्री शाह: नेपालले पनि भारतको सीमा मिचेको छ

काठमाडौँ प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएका छन्। आइतबार संसदमा सांसदहरुले उठाएका सीमा विवाद सम्बन्धी प्रश्नको जवाफ दिँदै दुई देशले एक अर्काको सीमा अतिक्रण गरेको बताएका हुन्।

शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको बताएका हुन्। उनले भने, ‘मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको सीमा मिचेको रहेछ।’

प्रधानमन्त्री शाहले लिम्पियाधुरा लिपुलेक सीमा विवादको समस्या समाधान गर्न सरकारले दुवै देशसँग संवाद गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री शाहले लिपुलेक र लिम्पियाधुरा विवादबारे नेपाल सरकारले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ समेत आइसकेको जानकारी दिए।

भारतबाट प्राप्त जवाफमा दुवै देशका इतिहासविद्, नापी अधिकारी (सर्भेयर) र भूमिसम्बन्धी जानकारहरूलाई राखेर वार्ता (टेबल टक) मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताए।

सीमा विवाद समाधानमका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको बताए।

शाहले भने, ‘यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। त्यो जवाफमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविद्हरू राखेर, आफ्नो सर्भेयरहरू राखेर, आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर, इङ्गल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिश इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि, यसमा चाहिँ इङ्गल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छ।’

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ विचार
विचार 10 June 2026

गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ

दाङ, २७ जेठ – झुट्टा विवरण पेस गरी गैरनेपाली नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा दाङको राजपुर गाउँपालिका-४ का…

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद समाचार
समाचार 6 May 2026

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

२३ वैशाख, विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।…

बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ? राजनीति
राजनीति 1 दिन अघि

बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?

फेरि बाहुण्डागी शोकमा डुबेको छ। यसपटक ६२ वर्षीया पद्मा पौडेल आफ्नै घरमा जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउन…